+
+

युरोप Vs दक्षिण अमेरिकाः को बन्छ फुटबलको बादशाह ?

क्वाटरफाइनलका लागि छानिएका देशहरु पनि धेरै फुटबलप्रेमीको रोजाइकै छन् र अबका खेल झनै रोमाञ्चक हुनेछन्, जहाँ ४ अमेरिकीसँगै ४ युरोपेली देश छन् जो सबै समूह विजेता हुन् । आउँदो हप्ताले यो विश्वकपको एक अर्थमा भविष्य निर्धारण गर्नेछ, जहाँ सबै ८ टोलीलाई फुटबलको शक्ति सन्तुलन दुई महादेशबीच कहाँ छ भन्ने कुरा देखाउने अवसर प्राप्त हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १८ गते १९:५५

ब्राजिलमा जारी विश्वकप यस्तो ढाँचामा खेलियो, जहाँ धेरै आशा गरिएको फुटबलको दर्शनीय पक्ष उनै देशले प्रस्तुत गरे । जसलाई खेलका स्वतन्त्र आत्माहरुको घर भनेर समेत चिनिन्छ ।

पछिल्लो ३ हप्तामा चुस्त, आक्रामक तथा उत्साहपूर्ण फुटबल देख्न पाइयो, जुन अपेक्षा गरिएको थियो ।

क्वाटरफाइनलका लागि छानिएका देशहरु पनि धेरै फुटबलप्रेमीको रोजाइकै छन् र अबका खेल झनै रोमाञ्चक हुनेछन्, जहाँ ४ अमेरिकीसँगै ४ युरोपेली देश छन् जो सबै समूह विजेता हुन् । आउँदो हप्ताले यो विश्वकपको एक अर्थमा भविष्य निर्धारण गर्नेछ, जहाँ सबै ८ टोलीलाई फुटबलको शक्ति सन्तुलन दुई महादेशबीच कहाँ छ भन्ने कुरा देखाउने अवसर प्राप्त हुनेछ ।

दक्षिण अमेरिकी भूमिमा भएका अहिलेसम्मका ७ विश्वकपमा युरोपेली टोलीले उपाधि उचाल्न सकेका छैनन् । त्यस्तै ब्राजिल मात्र यस्तो देश हो जसले युरोपेली भूमिमा विश्वकप फुटबलको उपाधि जितेको छ, त्यो पनि ५६ वर्ष अगाडि ।

त्यसैले नेदरल्याण्ड, प|mान्स, जर्मनी तथा बेल्जियमका प्रशिक्षकहरुसामु दोहोरो अवसर छ, एउटा इतिहास रच्ने र अर्को युरोपेली प्रभुत्व स्थापित गर्ने । त्यस्तै ब्राजिलका प्रशिक्षक स्कोलारी सामु पनि ब्राजिलका लागि दुई विश्वकप जिताउने अवसर छ भने अर्जेन्टिनाका साबेल्ला सामु युरोपेली टोलीलाई रित्तो हात घर फर्काउने अवसर छ ।

यो अवस्थामा युरोप सधै हावी हुँदै आएको छ । चार वर्ष अगाडि दक्षिण अफि्रकामा भएको विश्वकपमा अर्जेन्टिना, ब्राजिल, पाराग्वे र उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेका थिए जुन संख्याका हिसाबले सन् १९७० यताकै उत्कृष्ट प्रदर्शन थियो दक्षिण अमेरिकी टिमको । जबकी सन् १९९० र १९९४ मा केवल एउटा मात्रै दक्षिण अमेरिकी टोली क्वाटर फाइनल प्रवेश गर्न सफल भएको थियो । तथापि एक्लै अन्तिम आठमा पुग्दा समेत विश्वकप जित्न सक्छौँ भन्ने कुरा ब्राजिल र अर्जेन्टिनाले पुष्टि गरिसकेका छन् ।

सन् १९९८, २००२ र २००६ मा ३ दक्षिण अमेरिकी टोली अन्तिम ८ मा पुगेकोमा अहिले लगातार दुई पल्ट ४ अमेरिकी टोलीले क्वाटरफाइनलमा स्थान बनाउनुले दक्षिण अमेरिकाले शक्ति सन्तुलनलाई आफुतिर ढल्काउँदैछ भन्ने देखाउँछ ।

जर्मन कोच जोआचिम लो पनि दक्षिण अमेरिकी भूमिमा हुने विश्वकपले त्यहीँका खेलाडिलाई बढि माया गर्ने गरेको स्विकार्छन् । आफ्नो भूमिमा खेल्दा अमेरिकी टोलीले आफ्ना फ्यानलाई सकेसम्म बढि सन्तुष्टि दिने प्रयास गर्ने उनको भनाइ छ । आफ्नो भूमिमा दक्षिण अमेरिकी टोलीहरु निकै बलिया हुने सत्यलाई जर्मन प्रशिक्षक स्विकार्छन् ।

युरोपेली क्लब फुटबलमा दक्षिण अमेरिकी खेलाडीहरुको बढ्दो चापका कारण युरोपेली तथा अमेरिकी खेलाडीहरुको खेल कलामा समानता देखिन थालेको छ । ब्राजिलका नेमार, अर्जेन्टिनाका मेसी र कोलम्बियाका रोडि्रगेज सबै युरोपेली क्लबबाटै खेल्छन् ।

यो विश्वकपमा दक्षिण अमेरिका मात्र नभएर मध्य तथा उत्तर अमेरिकी टोली र अफि्रकी टोलीले पनि राम्रो खेल खेले । धेरै सफल टोलीहरु डिफेन्स भन्दा काउन्टर अट्याकमा गोल गर्ने ध्याउन्नमा रहेको देखियो ।

खेलाडीहरुको प्रदर्शनमा अमेरिकी महादेशको गर्मीको समेत मुख्य प्रभाव रहने गरेको बताइन्छ । गर्मी मौसमले गर्मीमै हुर्किएका दक्षिण अमेरिकी खेलाडिलाई फाइदा पुग्छ भने चिसोमा खेल्न माहिर युरोपेली खेलाडिलाई घाटा । तथापि इङल्याण्डका पूर्व खेलाडी क्रिस वाडेल भने अहिलेको आधुनिक खेल विज्ञान तथा तयारी कलाका कारण तापक्रमले ठूलो असर नपार्ने बताउँछन् । उनका अनुसार सन् १९८६ मा मेक्सिकोमा भएको फुटबलमा तापक्रम र उचाइको कारण युरोपेली खेलाडीहरुलाई खेल्नका लागि निकै गाह्रो भएको थियो । तर, अहिले युरोपेली टोलीका लागि ब्राजिली भूमिमा खेल्नु स्तरीय नै हुने उनको बुझाइ छ ।

अनि ब्राजिलको त्यो स्तरीय खेल मैदानमा यो पटकको चामत्कारिक विश्वकपले युरोप र अमेरिकाबीचको सर्वोच्चताको लडाइँको संखघोष गरेको छ ।

World cup history

बीबीसीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?