+
+

नेप्से झिनो अंकले बढ्यो, ६८ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १९ गते १६:२६

१९ असार, काठमाडौं । बुधबार १६ अंकले बढेको नेप्से परिसूचक बिहीबार समान्य अंकले बढेको छ । स्टकमा कारोबार गर्ने बैंक, होटल र इन्स्योरेन्स कम्पनीहरु ओरालो लागेपछि समग्र परिसूचक सामन्य ०.३७ अंकले बढेर ९७२.८५ अंकमा पुगेको हो ।

बिहीबार स्टकमा ६८ करोड ८६ लाख ७१ हजार रुपैयाँ बराबरको १४ लाख ६१ हजार ५ सय ४८ कित्ता शेयर किनबेच भएको छ । यस दिन बैंकिङ समुहको सूचक १.९७ अंकले ओरालो लागेको छ भने होटल समुहको ६.७७ अंक र इन्स्योरेन्स समुहको १०९.३६ अंकले ओरालो लागेको छ । यी समुहहरुको सूचक बुधबार क्रमशः ६.६६ अंक, ४.५१ अंक र १८०.६८ अंकले बढेको थियो ।

बिहीबार सबैभन्दा बढी हाइड्रो समुहको सूचक ७०.९९ अंकले बढेको छ भने फाइनान्स समुहको ८.७९ अंकले, विकास बैंक समुहको ०.५६ अंकले र अन्य समुहको २.३५ अंकले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?