१९ असार, काठमाडौं । डिस होमले ग्राहकहरुलाई लक्षित गरि रिचार्जमा आकर्षक बोनस प्याकेज ल्याएको छ । एक हजार रुपैयाँ भन्दा बढीको रिचार्ज गर्ने ग्राहकले मात्र बोनस प्राप्न गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले एक हजार रुपैयाँको रिचार्ज गर्नेलाई सय रुपैयाँ, दुई हजार रुपैयाँको रिचार्जमा ४ सय रुपैयाँमा, तीन हजार रुपैयाँको रिचार्जमा ६ सय रुपैयाँ, ४ हजार रुपैयाँको रिचार्जमा ८ सय रुपैयाँ, ५ हजार रुपैयाँको रिचार्जमा हजार रुपैयाँ, ६ हजार रुपैयाँको रिचार्जमा १२ सय रुपैयाँ र ७ हजार रुपैयाँको रिचार्जमा १४ सय रुपैयाँ बोनस प्रदान गर्ने जनाएको छ ।
कम्पनीले रिचार्जमा बोनस सुविधा सिमित अवधिका लागिमात्र ल्याएको जनाएको छ । स्याटेलाइट प्रविधिमा आधारित डिटीएस सेवा प्रदायक डिस होमले विगत ४ बर्षदेखि नेपालभर ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको छ ।
नेपालको भौगोलिक बनावटमा यो प्रविधि विना तार जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ । सिधै स्याटेलाइटमा आवद्ध हुने प्रविधि भएको हुँदा यसको साउन्ड र पिक्चर क्वालीटी गुणस्तरीय रहेको कम्पनीको दाबी छ । हालसालै मात्र डिस होमले सोनी सिक्स एचडी, डिस्कोभरी एचडी, कलर्स एचडी, टेन स्पोर्ट एचडी र एचबीओ एचडीजस्त्ाा हाई डेफिनेसन च्यानल प्रसारण गर्दै आएको छ ।
प्रतिक्रिया 4