Comments Add Comment

सामसुङ मोबाइलको ‘पावर टु पर्चेज’ योजना

Samsung-Sceam१९ असार, काठमाडौं । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसले ग्राहकका लागि पुनः आकर्षक योजना ल्याएर आएको छ ।

‘पावर टु पर्चेज’ नमक यस योजनामा सामसुङ ग्यालेक्सी एसफाइभ खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँ बराबरको पावर टु पर्चेज कुपन प्राप्त गर्नेछन् । उक्त कुपन प्रयोग गरी ग्राहकले सामसुङका अन्य कुनै मोबाइल, ट्याब तथा एसेसरिजमा १० हजार रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ ।

असार २० गतेदेखि साउन १ गतेसम्म चल्ने यो योजना आइएमएसले बिक्री वितरण गर्ने जेन्यून एसफाइभ मोबाइलमा मात्र लागु हुने छ । कुपनलाई सामसुङ स्मार्टफोन क्याफे र सामसुङ ब्राण्ड शपमा १० हजारभन्दा बढी पर्ने सामसुङका मोबाइल, ट्याब तथा एसेसरिज खरिद गर्दा प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment