Comments Add Comment

खुला बास्केटबलमा गुरुकुल च्याम्पियन

१९ असार, काठमाडौं । गुरुकुलले दोश्रो मोर्गन कप पुरुष तथा महिला खुला बास्केटबल प्रतियोगताअन्तर्गत पुरुषको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् -राखेप) को कर्डहलमा बिहीबार सम्पन्न फाइनलमा गुरुकुलले गोल्डेनगेटलाई ८३-५९ ले पराजित गर्‍यो । गुरुकुलको जितमा मेट्रो उपनामले चिनिने रोविन खत्रीले सर्वाधिक १८ अंक योगदान गरे । सुरुदेखि अग्रता लिएको गुरुकुलले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्दै उपाधि सुनिश्चित गर्‍यो । गुरुकुलले पहिलोमा १७-१२, दोश्रोमा ३०-१८, तेश्रोमा २०-१८ र चौथोमा १६-११ अंक जोड्दै समग्रमा २४ अंकले फाइनल नतिजा आफ्नो पक्षमा पार्‍यो ।

उपाधिसंगै गुरुकुलले २५ हजार नगद पुरस्कार हात पार्‍यो भने गोल्डेनगेटले १५ हजार नगदमा चित्त बुझायो । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा गुरुकुलका विनोद महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले १० हजार नगद पुरस्कार पाए ।

पुरुषमा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । महिलाको फाइनल शुक्रबार हुनेछ । सो खेल प्राइम र गोल्डेनगेटबीच बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment