+
+

सिम्रिक एयरको हेलिकप्टर आकस्मिक अवतरण

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २० गते ११:००

२० असार । सिम्रिक एयरको ९ एनएजेजेड हेलिकप्टर खराब मौसमका कारण तनहुँको भानु गाविस-१ भन्सार नजिकै आकस्मिक अवतरण गरिएको छ ।

काठमाडौँबाट सुर्खेत हुँदै हुम्ला जाने क्रममा शुक्रवार विहान ९ बजे खराब मौसमका कारण उक्त ठाउँमा हेलिकप्टर अवतरण गरिएको पाइलट विवेक खड्काले बताए । हेलिकप्टरमा दुई जना अमेरिकी, एक जना चिनियाँ, एक नेपाली गाइड र चालकसहित पाँच जना रहेको सशस्त्र प्रहरी बल मनकामना गण भानु तनहुँले जनाएको छ ।

काठमाडौँबाट ८:३० बजे उडेको हेलिकप्टर ९:०० बजे सो ठाउँमा अवतरण गरिएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?