+
+

बाबुरामले औंल्याए एमाले दस्तावेजका ६ कमजोरी

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २२ गते १९:२०

२२ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले एमालेको महाधिवशेनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि ६ वटा कमजोरी औंल्याएका छन् ।

Baburamसामाजिक सञ्जालमार्फत् एमालेको प्रतिवेदनमाथि टिप्पणी गर्दै एमाओवादी नेता भट्टराईले जनताको बहुदलीय जनवाद कार्यदिशा वा कार्यक्रम बन्न सक्ने तर, पथप्रदर्शक सिद्धान्त बन्न नसक्ने उल्लेख गरेका छन् । भट्टरार्इले एमालेको प्रतिवेदनमाथि टिप्पणी गर्दै भनेका छन्-‘जबज कार्यदिशा वा कार्यक्रम हुन सक्छ, तर मार्गनिर्देशक सिद्धान्त होइन ।’

त्यसैगरी एमालेले नेपाली समाजलाई अर्थऔपनिवेशकको सट्टा नवऔपनिवेशिक भन्न हिच्किचाउनु त्रुटीपूर्ण रहेको डा. भट्टराईले बताएका छन् । ‘अर्ध-औपनिवेशिक सट्टा नवऔपनिवेशिक भनेर किटान गर्न हिच्किचाउनु किन ? भट्टरार्इको प्रश्न छ ।’

अहिलेको साम्राज्यवादी विश्वमा नेपालजस्तो देशमा आर्थिक विकास गर्दै गएर शान्तिपूर्ण रुपबाटै समाजवाद स्थापना गर्छु भन्ने एमालेको दृष्टिकोण गलत भएको भट्टराईको तर्क छ । उनले भनेका छन्-‘वर्तमान साम्राज्यवादी विश्वमा नेपालमा आर्थिक विकास गर्दै गएर शान्तिपूर्ण ढंगले समाजवादमा संक्रमण हुनसक्छ भन्नु ठुलो दृष्टिदोष हो ।’

त्यसैगरी संघीयतासम्बन्धी एमालेको धारणा त्रुटीपूर्ण रहेको भट्टरार्इले बताएका छन् । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा एमालेको निर्णायक भूमिका रहेको दावी गर्नु पनि ऐतिहासिक तथ्य विपरीत भएको भन्दै भट्टरार्इले दश वर्षे जनयुद्धलाई पूरै न्यूनीकरण गर्नु पूर्वाग्रहपूर्ण भएको बताएका छन् ।

तर, बेलैमा प्रगतिशील संविधान बनाउने र आर्थिक विकास र समृद्धिमा जोड़ दिने एमालेको सोचाइ सकारात्मक रहेको नेता भट्टरार्इको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?