Comments Add Comment

सामसुङको ट्याब फोर बजारमा, मूल्य ३२ देखि ९५ हजारसम्म

Samsung-Tab-4
२२ असार, काठमाडौं । बहुचर्चित स्मार्टफोन निर्माता सामसुङको ग्यालेक्सी ट्याब फोर नेपाली बजारमा भित्रिएको छ । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आईएमएसले तीन अलग-अलग मोडलमा ट्याब फोर नेपाल भित्राएको हो ।

ट्याब फोर मोडल हेरिकन ३१ हजार ९ सय ९० रुपैयाँदेखि ९५ हजार रुपैयाँसम्म खरिद गर्न सकिने छ । नेपालका उच्चदेखि न्यून वर्गिय विद्यार्थीहरुको मागलाई ध्यानमा राखेर ट्याब फोरका विभिन्न मोडलहरु नेपाल भित्राएको कम्पनीको भनाई छ । कम्पनीका अनुसार ल्यापटपको साथमा शक्तिशाली स्मार्टफोन प्रयोग गर्न रुची राख्नेहरुलाई लक्षित वर्गमा राखिएको छ ।

Samsung-Tab-4,-model-2

ट्याब फोरमा एन्ड्रोइड किटक्याट अपरेटिङ सिष्टम रहेको छ । यसमा क्वार्ड कोरदेखि अक्टा कोरसम्म प्रोसेसरको प्रयोग गरिएको छ । साथै, १.५ जीबीदेखि ३ जीबीसम्म र्‍याम रहेको कम्पनीले जनाएको छ । मध्यम स्तरको ट्याब फोर ‘टि२३१’ देखि उच्च स्तरको ट्याब ‘नोट प्रो’ ले उपभोक्ताको दैनिक कार्यमा सहजता प्रदान गर्ने कम्पनीको विश्वास लिएको छ ।
Samsung-Tab-4,-model-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment