+
+
Shares

अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा बैतडीका युवा प्रथम

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २३ गते ९:१०

२३ असार, वैतडी । एएनएन उत्तर अमेरिका साहित्य प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा बैतडीका युवा साहित्यकार राजेन्द्र तारकिणी प्रथम भएका छन् । विभिन्न १९ देशका ३२९ कविहरुको प्राप्त कवितामध्ये उनको कविता लेख्न बस्दा शीर्षकको कविता सर्वोकृष्ट भएको हो । विजेता तारकिणीले प्रथम पुरस्कार स्वरुप नगद एक हजार अमेरिकी डलरसहित एनएम शुभद्रा भानुभक्त काव्य पुरस्कार पाएका छन् ।

त्यसैगरी प्रतियोगितामा काभ्रेका अविरल ओझाको कविता प्रतिक्षाले दोस्रो पुरस्कार स्वरुप नगद ३०० डलरसहित शर्मा मुडभरी मोतीराम काब्य पुरस्कार र तृतीय हुने कवि फूलमान बलले नगद २०० अमेरिकी डलरसहित बसुन्धरा गणेश रोक्का देवकोटा काब्य पुरस्कार प्राप्त गरेका छन् ।

अमेरिकाको वासिङ्गटन डिसीमा जुलाई ४ देखि ६ सम्म दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका -एएनए) को ३२ औँ सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको प्रतियोगिताका संयोजक गोवर्द्धन पुजाले जानकारी दिए ।

उक्त प्रतियोगितामा सरुभक्त, वियोगी बुढाथोकी, विश्वविमोहन श्रेष्ठ, श्रीओम श्रेेष्ठ रोदन, भीष्म उप्रेती र डा नेत्र एटम मूल्याङ्कन समितिमा रहनुभएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?