+
+

संवाद उपसमितिद्वारा संविधानसभा बाहिरका दलसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २३ गते १५:५३

२३ असार, काठमाडौं । संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको उपसमितिले संविधान निर्माणबारे संविधानसभा बाहिरका साना दलहरुसँग छलफल गरेको छ ।

संविधानसभा निर्वाचनमा सहभागी भएका तर प्रतिनिधित्व हुन नसकेका साना दलहरुको लिखित राय सुझाव सङ्कलनका लागि छलफल गरिएको उपसमितिका सदस्य अशोक राईले बताए । उपसमिति सदस्य राईले भने-‘सङ्कलित सुझाव सम्पादन गरी मूल समितिमा पेस गरिने र त्यहाँ छलफल गरी टुङ्गो लगाइनेछ ।’

बैठकमा ४२ दललाई आमन्त्रण गरिएकामा १२ दलमात्र उपस्थित भएका छन् । बैठकमा दलहरुले आ-आˆनो दलको घोषणापत्रअनुसार संघीयताबारे धारणा राखेको छलफलमा सहभागी शान्ति पार्टी नेपालका अध्यक्ष देवीप्रसाद आचार्यले बताए ।

बैठकमा सबै दलको राय सङ्कलन गर्न बाँकी रहेकाले मंगलबार पनि बस्ने छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?