+
+

कोशी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १७:३२

४ जेठ, विराटनगर । कोशी प्रदेश सरकारमा थपिएका मन्त्री र राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् । शुक्रबार नियुक्त पाँच मन्त्रीले प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ ग्रहण गरेका हुन् । आजै दुई राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।

शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रीमा राम राना, सामाजिक विकास मन्त्रीमा पाँचकर्ण राई, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रीमा एकराज कार्की, आन्तरिक मामिला तथा योजना मन्त्रीमा लिलावल्लभ अधिकारी नियुक्त भएका थिए । उनीहरू एमालेका हुन् ।

माओवादी केन्द्रबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा गणेश उप्रेती, स्वास्थ्य मन्त्रीमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायणबहादुर मगर मन्त्री बनेका छन् ।

माओवादी केन्द्रबाट वन्दना झागरले पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र एमालेबाट सिर्जना राई विनाविभागीय राज्य मन्त्री बनेकी छन् ।

प्रदेशमा ९ वटा मन्त्रालय छन् । एमाले र माओवादी केन्द्रले भागबन्डा गर्दा एउटा मन्त्रालय नेकपा एकीकृत समाजवादी पार्टीलाई छुट्याइएको छ ।

आज जिम्मेवारी पाएका उप्रेती र मगर २७ वैशाखमा मुख्यमन्त्री कार्कीसँगै मन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?