+
+

तीन दिनमै ४० अंकले बढ्दै नेप्से एक हजार १४ अंकमा

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २४ गते १३:२७

२४ असार काठमाडाैं । पछिल्ला तीन दिनमा नेप्से परिसूचक ४० अंकले बढेको छ । अाइतबर ९.८५ अंकले, सोमबार १३ अंकले र मंगलबार २० अंकले बढेर नेप्से परिस्चक मंगलबार एक हजार १४ अंकमा पुगेको छ । मंगलबारको नेप्से सूचक २०६५ भदौं २६ गते यताकै उच्च हो । सो दिन नेप्से एक हजार २८ अंकमा थियो ।

२०६५ भदाै १५ गते नेप्से परिसूचक हालसम्मकै उच्च ११ सय ७५ अंकमा पुगेको थियो । त्यसयता ङट्न थालेको नेप्से २०६८ चैतमा २९८ अंकसम्म झरेको थियो ।

संविधानसभाको दोस्रो निर्वाचन र नयाँसरकार गठनसँगै नेप्से निरन्तर बढिरहेको छ । मंसिर ४ गतेको निर्वाचन अघि नेप्से साढे पाँच सय अंकमा थियो । शुशील कोइरालाको सरकार गठन भएयता मात्रै नेप्से ३ सय अंकले बढेको छ । सरकारले अागामी पुँजी बजार विकासका लागि अावश्यक नीति अवलम्बन गर्ने अपेक्षामा वर्षान्तमा लगानीकर्ताले लगानी अोइर्याएका हुन् ।
मंगलबार १ सय ५४ कम्पनीका १६ लाख १६ लाख ३४ हजार कित्ता सेयर ८२ करोड ८५ लाख रूपैयाँमा किनबेच भयो ।
यो दिन बीमा बाहेक सबै समूहगत उपसूचकहरू बढेका छन् ।
NEPSE
Sub-Indices
Current Points Change %Change
Banking 911.9 25.04 2.82 %
Hotels 1921.51 30.69 1.62 %
Dev. Bank 662.73 19.71 3.06 %
HydroPower 3043.32 22.87 0.75 %
Finance 512.74 12.11 2.42 %
Insurance 4508.36 -4.83 -0.1 %
Manu.& Pro. 1151.25 3.49 0.3 %
Others 728.4 5.87 0.81 %
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?