Comments Add Comment

बाँकेमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

२५ असार, बाँके । बाँकेमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

कोहोलपुरबाट चिसापानीतर्फ जाँदै गरेको भे २ प ८१२३ नम्बरको मोटरसाइकल गाईको बाच्छीलाई गएराति ठक्कर दिँदा भएको दुर्घटनामा परी सापानी-४ का २३ वर्षीय कृष्णबहादुर बुढाको मृत्यु भएको हो ।

गाईको बाच्छीलाई ठक्कर दिई मोटरसाइकल पल्टिँदा गम्भीर घाइते भएका बुढाको कोहलपुरस्थित मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment