Comments Add Comment

एस डेभलपमेन्ट बैंक खरिद गर्ने हिमालयन बैंकको तयारी

 himalayan-bank_11111111111२६ असार काठमाडौं । हिमालयन बैंक लिमिटेडले एस डेभलपमेन्ट बैंक खरिद ‘एक्वायर’ गर्ने तयारी गरेको छ । दुई बैंकका सञ्चालकबीच यस विषयमा कुरा टुंग्याइसकेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

 ‘एस डेपलपमेन्ट बैंकका संस्थापकहरुले सञ्चालक समितिमा प्रतिनिधित्व नमागेपछि कुरा अन्तिम टुंगोमा पुगेको हो’ स्रोतले भन्यो ।

 यसअघि अन्य प्रमुख कार्यकारी अधिकृत अशोक राणा र सञ्चालकहरु सहमत भएपनि आफ्नो पक्कड गुम्ने डरले हिमालयन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले एससँग मर्ज गर्न आनाकानी गरिरहेका थिए । ‘हिमालयन बैंकका अध्यक्ष श्रेष्ठ तथा एस डेभलपमेन्ट बैंकका अध्यक्ष लगायत सञ्चालकहरु सेन्ट जेभियर स्कुलका समकालिन विद्यार्थी भएकोले पनि उच्चस्तरमा सहमति भएको हो’ एस बैंकको उच्च स्रोतले भन्यो – जेभेरियन भएकोले धोका नहोला भन्ने विश्वास गरिएको छ ।

त्यसमाथि पनि सञ्चालक समितिमा एसको तर्फबाट प्रतिनिधित्व नमागिएकोले खरिद प्रक्रिया सकारात्मक दिशातिर अगाडि बढेको बताईएको छ ।

हिमालयन बैंकका अध्यक्ष श्रेष्ठ विरामी परेर देशबाहिर रहेकोले सो बैंकको सञ्चालक समितिको बैठक बस्न सकिरहेको छैन । हिमालयन बैंक स्रोतका अनुसार चाँडै बस्ने सञ्चालक समिति बैठकले मर्जर कमिटीद्वारा प्रस्तावित एस डेभलपमेन्ट बैंकसँगको खरिद वा मर्जरबारे टुंगो लाग्नेछ ।

हिमालयन बैंकले यसअघि गठन गरेको मर्जर कमिटीले एसलाई खरिद गर्नु उपयुक्त हुने सिफारिस गरेको छ । एससँग मर्चेन्ट बैंक पनि भएकाले हिमालयन बैंकले आँखा लगाएको हो । हिमालयन बैंक स्रोतका अनुसार साउनको पहिलो हप्तातिर टंगो लाग्ने संभावना छ ।

हिमालयन बैंकलाई पुँजी बढाउन केन्द्रीय बैंकले निर्देश गरेको छ भने एस ‘क’ वर्गको वित्तीय संस्था बन्न चाहिरहेको सन्दर्भमा यो डिल संभव हुने संभावना बढेको हो । एसले हिमालयन बैंकसँग कुरा नमिलेमा मात्र कुमारी वा लक्ष्मी बैंकसँग कुरा गर्ने पनि स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment