Comments Add Comment

अब वाणिज्य बैंकबाटै सिक्का उपलब्ध हुने

३० फागुन, काठमाडौं । अब वाणिज्य बैंकहरुबाटै सिक्का उपलब्ध हुने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंकलाई परिपत्र जारी गर्दै १८ लाख मूल्य बराबरको सिक्का लिएर सर्वसाधारणलाई उपलब्ध गराउन निर्देशन दिएको हो ।

१ रुपैयाँ दरका ६ लाख रुपैयाँ बराबरको र २ रुपैयाँ दरका १२ लाख रुपैयाँ बराबरको गरी कूल १८ लाख बराबरको सिक्का अब राष्ट्र बैंकले वाणिज्य बैंकलाई उपलब्ध गराउनेछ । त्यसपछि सर्वसाधारणहरुले वाणिज्य बैंकबाट सिक्का साट्न सक्नेछन् ।

धरहरा पुनःनिर्माणका कारण हाल सुन्धारास्थित टक्सार महाशाखाबाट काठमाडौँ उपत्यकामा सहजरुपमा सिक्का उपलब्ध गराउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकद्वारा जारी परिपत्रमा भनिएको छ, ‘आम नागरिकको मागबमोजिम सहजरुपमा सिक्का उपलब्ध गराउने दायित्व केन्द्रीय बैंकको दायित्व भएकाले काठमाडौँ उपत्यकाभित्रका वाणिज्य बैंकमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment