Comments Add Comment

एमाले महाधिवेशनमा आचारसंहिता विपरित भड्किलो प्रचार

२८ असार, काठमाडौ । ‘हाइटेक शैली’मा पेपरलेस कागज विहीन महाधिवेशन सम्पन्न गर्ने उद्घोष विपरित एमाले महाधिवेशनको प्रचार शैली भड्किलो र निकै खर्चिलो मात्रै होइन, नेतृत्व चयनका लागि जारी निर्वाचन आचारसंहिता विपरित समेत देखिएको छ ।

शुक्रवारको चुनावी प्रतिस्पर्धामा अध्यक्षका प्रत्यासी अध्यक्ष प्रत्यासी बरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओली पक्षवीच प्यानल प्रतिस्पर्धाको प्रचारले चुनावी रौनक सिर्जना गरेपनि परिणामपछि भने एमालेमा गुटवन्दी संस्थागत रुपमै झाँगिने सन्देश दि एको छ । आजको राजधानी दैनिकले समाचार छापेको छ ।

महाधिवेशन स्थलअघि राष्ट्रिय सभागृहदेखि पद्मोदय मोडसम्मका सडकका भित्ताहरु उम्मेदवारका पोस्टर, पम्पेटिङ, फोटोसहितका फ्लेक्स, कागजका अपिलहरुले रंगिएका थिए । नेपाल र ओली पक्ष दुवैले कार्यकर्ता बोलाएर माहोल सिर्जनाका लागि बिहानैदेखि गरेको नाराबाजी र चुनावी प्रचार विपक्षी दलसँग चुनावी प्रतिस्पर्धा गरेभन्दा पनि चर्को थियो ।

चुनावी कार्यक्रमअन्तर्गत एमालेको निर्वाचन आयोगले राष्ट्रिय सभागृहदेखि रक्तसञ्चार केन्द्रसम्म कुनै पनि किसिमको सामग्री प्रचार गर्न नपाउने आचारसंहिता जारी गरेको भए पनि शुक्रवार विहानको झिसमिसेदेखि नै उम्मेदवारहरुवीच निषेधित क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टरिङमा को अगाडि ? भन्ने होडबाजी सुरु भएको थियो । आचारसंहितको धज्जी उडाउँदै दुई विपपिरत गुटका कार्यकर्ताले व्यक्तिगत प्रचारमात्रै गरेनन्, दुवै पक्षवीच नारावाजी र प्रदर्शनले पटक पटक झडपसम्मको स्थिति नित्यिाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment