२८ असार, काठमाडौं । नेपाल प्रशस्त पर्यटकीय सम्भावना बोकेको मुलुक भएपनि अपेक्षीत लाभ लिन सकिएको छैन् । मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा लिइएको पर्यटन क्षेत्रको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा योगदान नगन्य रहेको छ ।
सम्भावना भएर पनि प्रचार प्रसारको अभावमा नेपालले पर्यटन क्षेत्रबाट लाभ लिन नसकेको व्यवसायीहरु बताउँछन् । विगत ११ वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०६०/०६१ मा पर्यटन क्षेत्रबाट जीडीपीमा ३.४ प्रतिशत योगदान दिएको देखिन्छ । अन्य वर्षहरुमा यस्तो योगदान कम रहेको छ । जीडीपीमा पर्यटनले योगदान बढाउँदै जाला भन्दा पछिल्ला वर्षहरुमा झनै घटाउँदै गइरहेको देखिन्छ ।
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार गत आवमा पर्यटन क्षेत्रबाट जीडीपीमा २ प्रतिशत योगदान रहेको थियो । चालु आवको फागुन मसान्तसको अवस्था हेर्दा पर्यटनको जीडीपीमा १.६ प्रतिशत योगदान रहेको उल्लेख गरिएको छ ।
आव २०५९/६० मा पर्यटकबाट ११ अर्ब ७४ करोड रुपैयाँ आम्दानी भएकोमा गत आर्थिक वर्षमा ३४ अर्ब २१ करोड रुपैयाँमात्र आम्दानी भएको थियो । जुन आम्दानी सम्भावनाको हिसावमा हेर्दा निकै न्यून वृद्धि हो । चालु आर्थिक वर्षको फागुन महिनासम्म पर्यटकबाट ३० अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको छ । यहि रफ्तारमा आम्दानी बढ्दै गएमा आर्थिक वर्षको अन्त्यसम्ममा ४५ अर्ब ४६ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण सरकारको छ ।
अर्थिक वर्ष | पर्यटन क्षेत्रबाट अम्दानी (करोडमा) | जीडीपीमा योगदान (प्रतिशत) |
---|---|---|
२०५९/०६० | ११७४.८ | २.४ |
२०६०/०६१ | १८१४.७ | ३.४ |
२०६१/०६२ | १०४६.४ | १.८ |
२०६२/०६३ | ९५५.६ | १.५ |
२०६३/०६४ | १०१२.५ | १.४ |
२०६४/०६५ | १८६५.३ | २.३ |
२०६५/०६६ | २७९६.० | २.८ |
२०६६/०६७ | २८१३.९ | २.४ |
२०६७/०६८ | २४६१.१ | १.८ |
२०६८/०६९ | ३०७०.४ | २.० |
२०६९/०७० | ३४२१.१ | २.० |
२०७०/०७१* (फागुनसम्म) | ३०४३.० | १.६ |
२०७०/०७१ (प्रक्षेपण) | ४५४६.० | – |
प्रतिक्रिया 4