Comments Add Comment

कक्षाकोठामै प्रोफेसर नांगिएपछि विद्यार्थीलाई आपत् (भिडियोसहित)

प्रोफेसरहरुको मगज कहिलेकाहीँ खुस्किन्छ वा उनीहरु म्याड बन्छन् भन्नेहरुको जमात धेरै हुन्छ । तर गुरुहरुको मगज खुस्किने तह कहिलेकाहीँ निकै उचाइमा पुग्दोरहेछ, नांगिने हदसम्मै । बेलायतको एक विश्वविद्यालयका प्राध्यापक कक्षा कोठाभित्रै नांगिएपछि गुरुहरुको इज्जतमा दाग लाग्ने अवस्था आयो ।

लिड्स महानगरिय विश्वविद्यालयका प्राध्यापक डाक्टर इयान ल्यामण्डले कक्षा कोठाभित्रै रमिता देखाए । ५१ वर्षका ती गुरुले कक्षामा पढाउँदा पढाउँदै सरीरका कपडा खोले । धन्न पेन्टी भने सरीर बाट झिकेनन् र बबण्डर हुनबाट जोगियो । व्यवस्थापन विषयको कक्षामा पढाउँदा पढाउँदै उनले आफ्ना जिउका कपडा खोलेर विद्यार्थीसामु प्रदर्शन गरेको भिडियो यु ट्युबमा निकै चर्चित बनेको छ ।

विद्यार्थीलाई पढाइमा उत्प्रेरित गर्ने काइदाका रुपमा उनले यसो गरेको बताइएपनि कक्षा कोठामै प्राध्यापक नांगिनुलाई धेरैले कडा आलोचना गरेका छन् ।
भिडियो सार्वजनिक भएसँगै विश्वविद्यालयले यो घटनाको अनुसन्धान थालेको छ ।

सेफिल्ड हलाम विश्वविद्यालयबाट सन् २०१२ मा कला र संस्कृति विषयमा विद्यावारिधी गरेका इयान पहिचान तथा अवसरको मुद्दाका अनुसन्धानकर्ता रहेको बताइएकेा छ ।

भिडियो हेर्नुस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment