Comments Add Comment

वायु सेवा निगमको विमान मर्मत गरियो, सोमबारबाट उडान

२९ असार, विराटनगर । चरा ठोक्किएर विराटनगर विमानस्थलमा ग्राउण्डेड भएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजले सोमबारबाट नियमित उडान सुरु गर्ने भएको छ ।

असार १६ गते विराटनगर विमानस्थलको धावन मार्गमा चीलसँग ठोक्किएपछि चीनबाट ल्याएइको एमए ६० जहाज ग्राउण्डेट भएको थियो । चीनवाट ल्याइएको जहाज गत असार ११ गतेदेखि व्यवसायिक उडान शुरु गरेको थियो ।

विमान शनिबार चार चिनियाँ र तीन नेपाली गरी सात सदस्यीय प्राविधिक टोलीले ६ घण्टा लगाएर विमानमा नयाँ ब्लेड जडान गरेका छन् । विमान उडान गर्ने योग्य भएकाले सोमबारबाट नियमित उडान सुरु हुने विराटनगरस्थित निगमका क्षेत्रिय प्रमुख हिमाल गौंतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment