+
+

एमाले पदाधिकारीमा सबैभन्दा लोकप्रिय गोकर्ण बिष्ट

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ३१ गते १९:४५

३१ असार, काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा सबैभन्दा लोकप्रिय नेताका रूपमा सचिवका उम्मेद्वार गोकर्ण विष्ट देखा परेका छन् । वामदेव गाैतमसमेत बढी मत ल्याउनेमा ‘टफ फाइभ’ मा परेका छन् ।Gokarna Bista

पदाधिकारीमा आधा-आधा
अध्यक्षमा केपी ओलीले जिते पनि पदाधिकारीमा भने नेपाल पक्षका आधा उम्मेदवारले जितेका छन् । अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, एक उपमहासचिव र दुई सचिव ओली प्यानलका जितेका छन् भने तीन उपाध्यक्ष, एक उपमहासचिव र तीन सचिवमा नेपाल प्यानलका विजयी भएका छन् । लोकप्रिय मत ल्याउने विष्ट माधव नेपाल प्यानलका हुन् ।
ओली प्यानलबाट उपाध्यक्षमा वामदेव गौतम र विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र दुई सचिवमा प्रदीप ज्ञवाली तथा पृथ्वीसुब्बा गुरुङले विजय हासिल गरेका छन् ।
नेपाल प्यानलबाट उपाध्यक्षहरु भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले जितेका छन् । त्यस्तै उपमहासचिवमा घनश्याम भुसाल र तीन सचिव योगेश भट्टराई, भीम आचार्य र गोकर्ण विष्ट नेपाल प्यानलबाट विजयी भएका छन् ।
ओली पक्षका चर्चित युवा नेता शंकर पोखरेलले सचिवमा जित्न सकेनन् । त्यस्तै वैचारिक नेता रघुजी पन्त उपमहासचिवमा पराजित बनेका छन् ।

 क-कसले पाए बढी मत ?
विजयी गोकर्ण विष्टले पदाधिकारीहरुमध्ये सबैभन्दा बढी मत पाएका छन् । उनले कूल मतको करीव ५५ प्रतिशत अर्थात १२७० मत पाएका छन् भने दोस्रो लोकपि्रय मत अर्का सचिव प्रदीप ज्ञवालीले (११५५) पाएका छन् । उनीहरु दुबै गुल्मी जिल्लाका हुन् । दुबै नेता फरक प्यानलबाट उम्मेदवार बनेका थिए ।
तेस्रो लोकप्रिय मत माधव प्यानलका उपाध्यक्ष भीम रावलले (११४३) पाएका छन् भने चौथो लोकपि्रय मत वामदेव गौतमले (११२४) मत पाएका छ्न । पाँचौमा  उपाध्यक्ष विद्या भण्डारीले ११०० मत पाएकी छन् ।

मत परिणाम-

 

अध्यक्ष माधवकुमार नेपाल १००३ केपी ओली १०४७ (विजयी)
उपाध्यक्ष युवराज ज्ञवाली १०२६ (विजयी) वामदेव गौतम ११२४ (विजयी)
अष्टलक्ष्मी शाक्य १०४७ (विजयी) विद्या भण्डारी ११०० (विजयी)
भीम रावल ११४३ (विजयी) प्रदीप नेपाल १००८
राजेन्द्र पाण्डे १०३१ किरण गुरुङ ९९५
लालबाबु पण्डित ९९८ धर्मनाथ साह ९२३
महासचिव सुरेन्द्र पाण्डे १०३० ईश्वर पोखरेल १०३६ (विजयी)
उपमहासचिव घनश्याम भुषाल (विजयी) १०९७ बिष्णु पौडेल १०८२ (विजयी)
रघुजी पन्त ९६९ शंकर पोखरेल १०३७
सचिव गोकर्ण विष्ट १२७० (विजयी) प्रदीप ज्ञवाली ११५५(विजयी)
परशुराम मेघी गुरुङ १०१५ पृथ्वीसुब्बा गुरुङ १०२९(विजयी)
योगेश भट्टराई १०८५(विजयी) बिष्णु रिमाल ९९७
भीम आचार्य १०३५ (विजयी) रघुवीर महासेठ ९२८
बेदुराम भुसाल ९९७ केशवलाल श्रेष्ठ ९२२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?