+
+

पूर्वाञ्चलमा महिला हिंसाका घटनामा वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १ गते ८:२९

१ साउन, विराटनगर । मोरङ र सुनसरीलगायत जिल्लामा महिला हिंसाको घटनामा वृद्धि भएको पाइएको छ । विगत छ महिनामा विभिन्न्ा प्रकारका महिला हिंसा सम्बन्धमा २३० घटना भएको पाइएको छ ।

ओमेन रिहेभिटेसन सेन्टर -ओरेक)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार २३० मध्ये १४३ घरेलु हिंसाअन्तर्गत श्रीमान् र परिवारका अन्य सदस्यको कुटपिट, गालीगलौज, मानसिक तथा शारीरिक यातना, घरनिकालालगायतका घटना रहेका छन् । त्यसैगरी सामाजिक हिंसाअन्तर्गत ५० घटना जानकारीमा आएकोमा तीमध्ये बोक्सीको आरोपमा कुटपिट, बालविवाह छन् भने २३ बलात्कार, आठ बलात्कारको प्रयास, तीन जनाको हत्या र एक हत्याको प्रयास भएको संस्थाका विराटनगर प्रमुख विमला ढुङ्गानाले बताए ।

ती घटनामध्ये कतिपयको सम्बन्धित जिल्ला अदालतमा मुद्दा चलिरहेका छन् भने कतिपयको आपसी छलफलद्वारा विवादको समाधान गरिएको प्रमुख ढुङगानाले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?