Comments Add Comment

राष्ट्र बैँकले मौद्रिक नीति सार्वजनिक गर्दै

२ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष ०७१/७२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंकले ६ प्रतिशतको आर्थिक वृद्धि र मुल्य बृद्धि ८ प्रतिशतमा सीमित राख्ने सरकारको उद्देश्यलाई पूरा गर्न सहयोग गर्ने खालको मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

मौद्रिक नीतिमा उत्पादनमुलक क्षेत्रमा सुलभ र सहज कर्जाको ब्यबस्था तथा वित्तीय पहुँचमा जोड दिइएको वताइएको छ । मौद्रिक नीतिमा बाणिज्य बैंकहरुमा रहेको निक्षेपको केही अंश आफैंले किनिदिने व्यवस्था समेत गर्न लागिएको छ । यो व्यवस्थापछि बैंकहरुले ब्याजमा मुद्दती खातामा रहेको निक्षेप निश्चित अबधिको लागि राष्ट्र बैंकमा राख्न सक्नेछन् ।

सरकारी ऋणपत्र मात्रै बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले तरलताको अवस्था हेरेर अब राष्ट्र बैंक ऋणपत्र जारी गर्ने अर्को नयाँ व्यबस्था पनि गर्न लागेको छ । यसअघि राष्ट्र बैंकले बैंकहरुको साख नियन्त्रणको लागि सिआरआर, रिपो र रिर्भस रिपो जस्ता औजारको मात्रै प्रयोग गर्दै आएको थियो ।

त्यसैगरी यसका साथै राष्ट्र बैंकले बजारमा अधिक तरलता देखिए छुट्टै ऋणपत्र जारि गर्ने औजार पनि मौद्रिक नीतिमा समेट्न लागेको छ। अहिलेसम्म राष्ट्र बैंकले सरकारी ऋणपत्रहरु मात्र बिक्री गर्दै आएको थियो। राष्ट्र बैंकको बोर्डमा अनिवार्य नगद मौज्दाज (सीआरआर) परिवर्तन गर्ने कि नगर्ने भन्ने विषयमा अझै टुंगो लागिसकेको छैन । राष्ट्र बैंकले भने सिआरआर बढाउने तयारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment