+
+

बाग्मती नदीबाट पनि विद्युत् निकालिने

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २ गते १७:५४

२ साउन, काठमाडौं । बाग्मती नदी पछिल्लो समय ढलमती झै भएको छ । वर्षायाममा पानी बगेपनि अन्य समयमा फोहोर दुर्गन्ध मात्रै हुन्छ । तर, अब त्यही बाग्मती नदीमा जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढाइने भएको छ ।

सरकारले बाग्मती नदीमा जलविद्युत् आयोजना निर्माणका लागि निजी क्षेत्रको एक प्रवर्द्धक कम्पनीलाई उत्पादनको अनुमतिपत्र प्रदान गरेको छ । मकवानपुरको कुलेखानी आसपासमा आयोजनास्थल रहने गरी सरकारले मान्दु हाइड्रोलाई उत्पादनको अनुमति दिएको छ । कूल २० मेगावाट क्षमताको आयोजनाको लागत चार अर्ब २३ करोड रहेको छ ।

आयोजनालाई एक वर्षभित्र वित्तीय व्यवस्थापन गरी निर्माण सुरु गर्नसमेत निर्देशन दिइएको छ । आयोजनाबाट उत्पादित बिजुली वषर्ाकालमा चार रुपैयाँ ४० पैसा र हिउँदमा आठ रुपैयाँ ८० पैसा प्रतियुनिटका दरमा खरिद गर्ने सम्झौतासमेत नेपाल विद्युत् प्राधिकरणसँग भएको छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) भइसकेको छ । आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी अनुमतिपत्र दिइएको आयोजनाबाट उत्पादित बिजुली कुल १३ किलोमिटर लामो प्रसारण लाइनमार्फत कुलेखानी जलविद्युत् आयोजनाको सवस्टेसनमा जोडिनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?