+
+

नागार्जुन दरबारमा बस्ने ज्ञानेन्द्रको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ३ गते ६:४४

३ साउन, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित नागार्जुन दरबारमा बस्ने तयारी सुरु गरेका छन् । झन्डै दुई वर्षअघि देखि नागार्जुन दरबार प्रवेश नगरेका ज्ञानेन्द्रको परिवार छिट्टै सो दरबारमा जाने तयारीमा लागेको हो ।

छोरा पारस नेपाल आउने भएपछि पूर्वराजाको परिवार केही समय नागार्जुन र केही समय निर्मल निवास बस्ने तयारीमा लागेको हो । उनी विगत दुई वर्षदेखि निर्मल निवासमै बस्दै आएका छन् । आजको नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

‘नागार्जुन बस्न सबै भवन बगैँचा र बाटोघाटो सफाई सुरु भएको छ, दरबार निकट स्रोतले भन्यो । ‘ पूर्वराजाको सचिवालयको आदेश अनुसार निर्मल निकासकै कर्मचारीले नागार्जुन दरबार परिसरभित्र सफा गर्न थालेका छन् । दरबारमा कोही पनि नबसेपछि जताततै झारपात उम्रेर फोहो भएपछि आफू बस्ने तयारी गर्दै पूर्वराजाले सफा गर्न आदेश दिएका थिए ।

सफा गर्न गएका कर्मचारीले बगैँचा, बाटो तथा शिशिर र हेमन्त गरी दुई दरबारको सफा गरिरहेका छन् । नारायणहिटी दरबारब छाड्नुअघि पूर्वराजाले आफूलाई राज्यले बस्ने बासको व्यवस्था गरिदिन आग्रह गरेपछि तत्कालीन सरकारले नागार्जुन दरबार दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?