Comments Add Comment

बामदेवलाई अघि सारे केपीले

३ साउन, काठमाडौँ । अध्यक्ष केपी ओली उपस्थित हुँदाहुँदै एमालेका बाँकी केन्द्रीय सदस्यलाई शुक्रवार उपाध्यक्ष बामदेव गौतमले शपथप्रहण गराएका छन् । पछि बरिष्ठतामा विवाद नआओस् भनेर आफूपछिको नेता देखाउने मनसायले ओलीले गौतमलाई अघि सारेका हुन् । तर केन्द्रीय समितिको माइन्युटमा गौतमको भन्दा अर्का उपाध्यक्ष भिम रावलको नाम अगाडि छ ।Bamdev-gautam

पार्टी मूख्यालयमा बिहीवार शपथग्रहण कार्यक्रम रहेपनि भीडभाड र स्थान अभावका कारण सवै सदस्यले शपथ लिन पाएका थिएनन् । केन्द्रीय सदस्यहरु शंकर पोखरेल, छविलाल विश्वकर्मा र राजन भट्टराई लगायतलाई गौतमले शपथग्रहण गराएका हुन् । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

महाधिवेशन समापन भएको दोस्रो दिन नै केन्द्रीय कमिटीको पहिलो बैठक राखिएको थियो । बैठकको माइन्युटमा महाधिवेशनबाट निर्वाचित पाँच उपाध्यक्षमध्ये सवैभन्दा बढी भीम रावलले ल्याएको आधारमा उनलाई गौतमभन्दा माथिल्लो स्थानमा राखिएको छ । माइन्युटमा अध्यक्ष ओलीपछि क्रमश बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष रावल र उपाध्यक्ष गौतमको नाम छ ।

उपमहासचिव धनश्याम भुसालले मर्यादाक्रमको विषयमा कुनै छलफल नभएपनि पहिलो बैठकमा भोट बढी ल्याएका आधारमा रावलको नाम अगाडि राखिएको वताए । महाधिवेशनबाट उपाध्यक्षमा बढी भोट ल्याउनेमा क्रमश रावल, गौतम, विद्या भण्डारी, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य छन् । बढी भोट ल्याउनेलाई मर्यादाक्रममा अगाडि राख्ने प्रचलन एमालेमा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment