+
+

साकिराका फ्यान पुगे १० करोड, फेसबुकमा सवैभन्दा रुचाएकी सेलिब्रिटी

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ४ गते ११:१६

हट गायिका साकिरा फेसबुकमा सवैभन्दा रुचाएकी सेलिब्रिटी बनेकी छिन् ।

उनलाई १० करोड भन्दा बढि फ्यानले फेसबुक पेजमा लाइक गरेका छन् । फेसबुकले उनी नै संसारकै सबैभन्दा रुचाएकी ब्यक्ति भएको दावी गरेको छ ।

नयाँ रेकर्ड राखेसँगै फेसबुक मालिक मार्क जुकरवर्गले साकिरालाई बधाई दिएका छन् । साथै फेसबुकले उनका फ्यानबारे केही रोचक तथ्य पनि सार्वजनिक गरेको छ ।

१० मध्ये तीन महिला फ्यानको नाम मारिया छ भने १० मध्ये एक पुरुष फ्यानको नाम जोसे छ । ४६४२ जना त साकिरा नामकै फ्यान छन जसले साकिरालाई लाइक गरेका छन् ।

हेर्नुहोस् साकिराको फेसबुक पेजबारे फेसबुकले सार्वजनिक गरेका तथ्यमा आधारित इन्फोग्राफिक्स

shakira-facebook-milestone

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?