+
+
Shares

पोखरामा सात करोड ३६ लाख बढी राजस्व सङ्कलन

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ४ गते १८:५४

४ साउन पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले आव २०७०/७१ को असार मसान्तसम्म रु सात करोड ३६ लाख ६५ हजार ५४ राजस्व सङ्कलन गरेको छ ।

 सो अवधिमा कार्यालयले राहदानीबाट मात्रै रु सात करोड १२ लाख ५० हजार राजस्व सङ्कलन गरेको थियो । त्यस अवधिमा कार्यालयले २३ हजार ५४८ जनालाई राहदानी वितरण गरेको थियो ।

कार्यालयबाट यस अवधिमा वंशज, वैवाहिक आधारमा र प्रतिलिपि गरी १६ हजार ९६४ जनाले नागरिकता लिएका छन् । न्ाागरिकता, र्फम रजिस्ट्रेसन, हातहतियार नवीकरण तथा नामसारी, दण्ड जरिवानाबाट रु २४ लाख १५ हजार ५४ राजस्व सङ्कलन भएको छ ।

कार्यालयले दैवीप्रकोप, दुर्घटना, अपाङ्ग राहत, अङ्गभङ्ग, द्वन्द्वपीडित, टुहुरा बालबालिका, सेतीनदी बेपत्ताका परिवार र अन्तर्जातीय विवाह गरेका परिवारलाई गरी रु तीन करोड ६७ लाख ८५ हजार राहत वितरण गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?