+
+
Shares

कतारमा बिदेशीलाई चर्को घाममा काम गराउन नपाइने

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ५ गते १०:५०

qatar-migrants-work-reforms-.si५ साउन, दोहा । कतार सरकारले बिदेशी कामदारलाई दिउँसाे साढे ११ बजेदेखि ३ बजेसम्म खुला स्थान (आउटडोर)मा काममा लगाउन प्रतिबन्ध लगाएको छ ।

फिफा बिश्वकप आयोजना सम्बन्धमा पश्चिमाहरुको चर्को दबाब झेलिरहेको कतारले आप्रवासी कामदारको जीवनस्तर सुधार गर्ने भन्दै नयाँ नियम लागू गरेको हो ।

समाचार संस्था रोयर्टसका अनुसार चर्को गर्मी हुने मध्य जुनदेखि अगष्ट महिनासम्म कुनै पनि रोजगारदाताले दिउासोको समयमा बाह्य क्षेत्रमा काममा लगाउन पाउने छैनन् ।

कतारमा खासगरि आप्रवासी कामदारहरु निर्माण क्षेत्रमा काम गर्छन जहाा ४० डिग्रीभन्दा चर्को घाम हुन्छ । जसले गर्दा धेरैजसो बिदेशी कामदारले स्वास्थ्य समस्या झेलिरहेका छन भने मृत्यु दर पनि उच्च रहेको छ ।

कतारका श्रम तथा सामाजिक मामिलामन्त्री अब्दुल्लाह शेख मुबारकले गत मे महिनामा घोषणा गरिएका सुधार कार्यक्रम कार्यन्वयन गर्न थालिएको बताए ।

नयाा नियमअनुसार अब रोजगारदाताले कादमारलाई अनिवार्यरुपमा बैंकिङ प्रणालीमार्फत् भुक्तानी गर्नुपर्ने छ । हरेक महिनाको ७ तारिखभित्र कामदारलाई तलव भुक्तान गरिसक्नुपर्ने नयाा कानुनमा उल्लेख छ । सो मितिभित्र तलव नपाए दण्ड जरिवाना गर्ने ब्यबस्था गरिए पनि कति जरिवाना हुने भन्ने खुलाइएको छैन् ।

सरकारले थप सुधारका काम गरिरहेको मन्त्री अब्दुल्लाहले रोयटर्सलाई बताए । सवैभन्दा धेरै आलोचना भएको कफाला स्पोन्सर सिष्टमलाई हटाई ‘सम्झौतापत्र’को ब्यबस्था गर्न लागिएको कतार सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?