+
+

धनकुटामा आधा खेत बाँझै

६ साउन, धनकुटा । साउनको पहिलो साता बित्न लाग्दा धनकुटामा ४० प्रतिशतमात्र धान रोपाइर्ँ भएको छ ।जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको लेकाली क्षेत्रमा रोपाईँ भएपनि पानी नपर्दा अन्य क्षेत्रमा रोपाईँ हुन सकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ६ गते १२:१५

सन्तोष रुचाल

६ साउन, धनकुटा । साउनको पहिलो साता बित्न लाग्दा धनकुटामा ४० प्रतिशतमात्र धान रोपाइर्ँ भएको छ ।जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको लेकाली क्षेत्रमा रोपाईँ भएपनि पानी नपर्दा अन्य क्षेत्रमा रोपाईँ हुन सकेको छैन ।

गत वर्ष यही बेला करिब ५० प्रतिशत धान रोपाइँ भएको थियो । यो वर्ष करिब ४० प्रतिशत मात्र रोपाइर्ँ भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक साहायक टंक अधिकारीले बताए । पानी नपरेकाले गत वर्षको तुलनामा रोपाइँ हुन नसकेको प्राविधिक सहायक अधिकारीले बताए । साउन लागि सक्दा पनि वर्षात नहुँदा किसानहरु चिन्तित छन् ।

असारमा रोपाई सक्नुपर्ने खेतमा अझै रोपाइँ हुन नसकेको बेलहरा गाविस-२ का कृषक अम्वर दाहालले बताए । उनले खोला नजिक केही खेतमा धान रोपाई भएपनि अन्य भागमा पानी अभावले कृषकले रोपाईँ गर्न नपाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?