+
+

चौंरी गाईको आलो रगत पिउने मेला सुरु

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ८ गते ९:१२

yak_blood_drinking_festival
८ साउन, म्याग्दी । शिख गाविस-६ स्थित खोप्रा लेकमा चौंरी गाईको आलो रगत पिउने मेला सुरु भएको छ ।
नाङ्गी-पाउद्धार संयुक्त चौंरीपालन समितिको आयोजनामा भइरहेको मेलामा हिमाली भेगमा पाइने विभिन्न जडीबुटी खाएका चौंरी गाईको आलो रगत पिएर उपचार गराउन सर्वसाधारणको खोप्रा लेकमा भिड लागेको छ ।
यार्सागुम्बा, जटामसी, निरमसी, पाँचऔंलेलगायत जडीबुटी पाइने चरनमा चरेका चौंरीको आलो रगत पिएमा ग्यास्टि्रक, गानोगोला, बाथ, शारीरिक कमजोरी र हाडजोर्नीसम्बन्धी रोग निको हुनुका साथै शारीरिक स्फुर्तिर् बढ्ने भएकाले रगत पिउन आउने बिरामीको सङ्ख्या बर्सेनि बढ्दै गएको समितिका अध्यक्ष रुद्रबहादुर तिलिजा मगरले जानकारी दिए ।
बुधबारदेखि सुरु भएको मेला ५ दिनसम्म चल्लने छ । सो मेलामा शिख, घार, नारच्याङ, भुरुङ तातोपानी, दाना, झिँ, पाखापानी, घतान, पुलाचौर, बेनीसँगै पोखरा र काठमाडौँबाट समेत आएका ५ सयभन्दा बढी व्यक्तिले आलो रगत पिउने अनुमान गरिएको समितिका सचिव भीम पुनले बताए ।
अध्यक्ष मगरका अनुसार प्रतिगिलास ८० रुपैयाँका दरले मेलामा चौंरी गाईको रगत बिक्री गरेर भएको आम्दानी हिमाञ्चल उच्च मावि नाङ्गी र शिखको पाउद मावि सञ्चालन गर्न खर्च गरिँदै आइएको छ ।
विशेष प्रकारको छुराको सहयोगले चौंरीको घाँटीबाट २० देखि २५ गिलाससम्म रगत निकाल्ने र यसरी रगत निकाल्दा चौंरीको स्वास्थ्यमा कुनै असर नपर्ने रगत निकाल्ने काम गर्दै आएका -आम्ची) पर्तबहादुर चोचाङ्गी मगरले बताए ।
शिखको खोप्रामा प्रत्येक वर्षको साउन र लरेनीमा फागुन महिनामा आयोजना हुने यो मेलाका लागि २ सय ५० चौंरीपालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?