+
+
Shares

गजल : कहिले शुन्य, कहिले हजारमा

कहिले शुन्यमा कहिले हजारमा हुन्छु
कहिले गाँउमा कहिले बजारमा हुन्छु

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ८ गते १३:४४

-सुरेश सुमन डागी

sureshsuman-dangi-कहिले शुन्यमा कहिले हजारमा हुन्छु
कहिले गाँउमा कहिले बजारमा हुन्छु

खै मान्छेहरु मलाई यति महत्व दिन्छन्
कहिले किनारमा कहिले मझधारमा हुन्छु

कोही खाली हात कोही बिस्तरा बनाउँछन्
कहिले निराशामा कहिले उपहारमा हुन्छु

न रिसाउँछन् मसँग न माया गर्न सक्छन
कहिले आक्रोशमा कहिले स्विकारमा हुन्छु

म कसैको होईन तर सबै आफ्नो ठान्छन
कहिले बिछोडमा कहिले प्यारमा हुन्छु ।।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?