+
+
Shares

अपहरण गर्न लगाएको अभियोगमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ८ गते ११:४२

८ साउन, काठमाडौँ । भतिजो नाता पर्ने एक व्यक्तिलाई अपहरण गर्न लगाउने काठमाडौँको कपन बस्ने ओखलढुंगाको बिलन्दु–४ घर भएका ३६ वर्षीय मोहन बुढाथोकीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

बुढाथोकीले बुधबार मध्यान्ह कपन गाविस–३ मिलनचोकबाट भतिजो नाता पर्ने २८ वर्षीय रमेश भन्ने तुल्सी गिरीलाई लेनदेनको पुरानो रिसईवी साँध्न ४ जना अपरिचित व्यक्तिलाई लगाएर अपहरण गर्न लगाएको प्रहरीले जनाएको छ ।

गिरीलार्इ नम्बर नखुलेको सेतो कारमा राखी बालाजुको रानीबनतर्फ लगेका थिए । अपहरण गरेकै अवस्थामा गिरी बालाजुबाट भागेर प्रहरी प्रभाग कपनमा पुगेको थिए । पक्राउ परेका बुढाथोकीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?