Comments Add Comment

निर्वाध रुपमा लगानी गर्न अर्थमन्त्रीको निजी क्षेत्रलाई आग्रह

९ साउन, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले निजी क्षेत्रका उदोगी-व्यवसायीहरुलाई निर्वाध रुपमा लगानी बढाउन आग्रह गरेका छन् । मुलुकको आर्थिक विकासका लागि ठूलो लगानी आवश्यक रहेको हुँदा निजी क्षेत्रले बढी भन्दा बढी लगानी गर्नुपर्ने उनको भनाई थियो ।

ramsharan mahatतुलसीपुर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँग शुक्रबार भएको भेटवार्तामा अर्थमन्त्री महतले निजी क्षेत्रको लगानी बढाउन सरकारले प्रोत्साहनका कार्यक्रमहरु ल्याउने बताए । बजेटमार्फत निजी क्षेत्रलाई धेरै सेवासुधिवा उपलब्ध गराएको स्मरण गराउँदै उनले सरकार निजी क्षेत्रको हितमा रहेको दाबी गरे ।

अर्थमन्त्री महतले बजेटमा समेट्न नसकेका व्यवसायीका समस्याप्रति आफु गम्भिर रहेको बताएका छन् । उनले बजेटमा सम्बोधन हुन नसकेका व्यवसायीका समस्याहरु पछि पनि सम्बोधन गर्न सकिने आश्वासन दिएका छन् ।

‘बजेट बनाउँदा कर्मचारीहरुले नै अलमलमा पार्छन’ अर्थमन्त्री महतले भने- ‘व्यवसायीका समस्याहरुका बारेमा सही कुरा ल्याउँदैनन्, अनि चाहेर पनि सबै समस्याहरु सम्बोधन हुन सक्दैनन् ।’ उनले मिस म्याच, थे्रस होल्डजस्ता समस्याहरुप्रति अफु सजग रहेको बताएका छन् ।

नेपालमा लगानीको वातावरण निर्माण भइरहेको दाबी गर्दै मन्त्री महतले लगानीका लागि विदेशीहरु समेत उत्साहित भइरहेको बताए । मन्त्री महतले विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित भइरहेको बताए पनि आर्थिक वर्ष २०६९/०७० को तुलनामा आव २०७०/०७१ मा विदेशी लगानी प्रतिवद्धता ५ अर्बले घटेको छ ।

आर्थिक वर्ष  २०६९/०७० मा २५ अर्ब २२ करोड रुपैयाँ विदेशी लगानी प्रतिवद्धता प्राप्त भएकोमा गत आर्थिक वर्षमा जम्मा २० अर्ब १० करोड ७४ लाख रुपैयाँमात्र विदेशी लगानीको प्रतिवद्धता प्राप्त भएको छ । मन्त्री महतले नेपालमा लगानीको वातावरणमा सुधार भइरहेकोले नेपाललाई औद्योगिककरणको बाटोमा अगाडी बढ्नबाट कसैले रोक्न नसक्ने ठोकुवा गरेका छन् ।

भेटवार्तामा संघका अध्यक्ष विमल रिजालले उद्योगी-व्यवसायीहरुले भोग्नुपरेका समस्याहरुका बारेमा अर्थमन्त्रीलाई अवगत गराएका थिए । उनले मिसम्याच, थ्रेस होल्डजस्ता समस्या समधानतर्फ पनि ध्यानाकर्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment