Comments Add Comment

फेसबुबकमा ४० करोडको मोबाइल फौज

mobile-facebook

विश्वको नम्वर वान सोसल नेटवर्किङ साइट फेसबुकका प्रयोगकर्ताको संख्या १ अर्ब ३० करोड पुगेको छ । फेसबुकले सार्वजनिक गरेको यो वर्षको दोश्रो त्रैमासिकको रिपोर्ट अनुसार फेसबुकका सक्रिय प्रयोगकर्ता मध्ये ४० करोड प्रयोगकर्ताले मोबाइल फोनमार्फत फेसबुक प्रयोग गर्ने गरेको पाइएको छ । यो संख्या फेसबुकका कुल प्रयोगकर्ताको झण्डै ३० प्रतिशत हो ।
कम्पनीको आधिकारिक दस्तावेज अनुसार जून ३० मा सकिएको दोश्रो त्रैमासिक सम्ममा फेसबुकको कूल आय २ अर्ब ९१ करोड अमेरिकी डलर पुगेको छ । पहिलो वर्षको यहीँ अवधिमा फेसबुकको आय १ अर्ब ८१ करोड अमेरिकी डलर थियो ।
कम्पनीका प्रमुख मार्क जुकरवर्गले नतिजा निकै सुखद रहेको बताउँदै फेसबुक समूदाय लगातार बढिरहेको र आफुहरुलाई बाँकी विश्वलाई समेत आफुसँग आबद्ध गर्ने शानदार मौका प्राप्त भएको बताए ।
रिपोर्ट अनुसार फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या ८२ करोड ९० लाख छ जुन अघिल्लो वर्षको तुलनामा १९ प्रतिशत बढि हो । त्यस्तै मोबाइलमार्फत दैनिक रुपमा फेसबुक चलाउनेको संख्या ६५ करोड ४० लाख छ, जुन अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतले बढि हो । जुन ३० को तथ्यांक अनुसार फेसबुकका मासिक सक्रिय प्रयोगकर्ता १ अर्ब ३२ करोड छन् जुन अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत बढि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment