Comments Add Comment

‘किक’ले तोड्न सकेन साहरुख र अामिरको रेकर्ड, पहिलो दिन २६ करोड ब्यापार

srk-and-salman
सलमान खान अभिनित ‘किक’ले आफ्ना प्रतिद्वन्दी साहरुख खान र आमिर खानको रेकर्डलाई तोड्न सकेन् ।

भारतमा करिब ४४ सय हलबाट शुक्रबार २६ करोडको व्यापार गरेको जनाइएको छ । बलिउडका चर्चित समिक्षक तरन आदर्शका अनुसार यो सिनेमाले २६.४० करोडको व्यापार गरेको छ ।

सलमान अभिनित यो सिनेमाले साहरुख खानको ‘चेन्नइ एक्सप्रेस’को रेकर्ड ब्रेक गर्ने अनुमान गरिएको थियो । साहरुखको चेन्नई एक्सप्रेसले शुक्रबार ३३.१२ करोडको व्यापार गरेको थियो । अामिर खानको धुम ३ ले पहिलो दिन ३३ करोडको ब्यापार गरेको थियो ।
‘किक’ले नेपाली बक्स अफिसमा ६० लाखको कलेक्शन गरेको छ । किक लाग्ने भएपछि यो साता कुनै पनि नेपाली फिल्म रिलिज भएनन् ।

सिनेमाको ओभरसिज व्यापार ९ करोडको रहेको जनाइएको छ । ईदको पूर्व अवसरमा प्रदर्शनमा आएकाले पनि यसको व्यापार केही कम देखिएको हो । सलमान खान अभिनित चलचित्र ‘एक था टाइगर’ले पहिलो दिन ३२ करोड माथिको व्यापार गरेको थियो । सिनेमाको व्यापार आइतबारसम्म ९० करोडको हारहारीमा हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment