+
+

शान्ति र संविधान निर्माण प्रक्रिया छिटो पूरा होस् : स्वराज

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १० गते १६:२७

Sushma-with-susil

१० साउन, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको शान्ति र संविधान निर्माण प्रक्रिया छिट्टै पूरा होस् भन्ने भारतको चाहना रहेको बताएकी छन् ।

नेपाल भ्रमणमा रहेकी स्वराजले शनिबार अपराहृन प्रधानमन्त्री कोइरालासँग भेटवार्ता गरेकी हुन् । वालुवाटारमा भएको भेटमा दुई देशबीचको सम्वन्धलाई नयाँ शिराबाट अघि बढाउनु पर्नेमा जोड दिइएको छ ।

भारतीय विदेशमन्त्री स्वराजले भारतले नेपाललाई उच्च प्राथमिकतामा राखेको बताएकी छन् । संयुक्त आयोगलाई पुनर्जीवन दिनुका अतिरिक्त भारतको नयाँ सरकार नेपालप्रति असाध्यै सद्भाव राख्छ भन्ने सन्देश दिन पनि आफू आएको उनको भनाइ थियो । भारतीय विदेश मन्त्री स्वराजले भारतको नयाँ सरकारका शिक्षामैत्री कार्यक्रम, विकासमुखी कार्यक्रम र भावनात्मक सम्बन्धबाट फाइदा लिन पनि आग्रह गरेकी छन् ।

जवाफमा प्रधानमन्त्री कोइरालाले मोदी सरकारको ‘पहिला छिमेकी’ नीतिको प्रशंसा गरेका छन् । नेपाल शान्ति, संविधान र विकासको बाटोमा रहेको भन्दै उनले भारतीय सहयोगमा जोड दिएका छन् ।

कोइरालाले भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न आफू आतुर रहेको बताएको उनका विदेशमामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री कोइराला र स्वराजबीच नेपाल भारत उर्जा व्यापारबारे समेत कुराकानी भएको छ । उर्जामा लगानी भएमा उत्पादित ऊर्जा पहिले नेपालले नै उपयोग गरी बचेको विद्युत बिक्रि गरेमा यसले नेपालको व्यापार घाटा कम गर्न सघाउने स्वराजले बताएको प्रधानमन्त्रीको निजी सचिवालयद्धारा जारी प्रेस नोटमा उल्लेख छ ।

नेपाल सार्वभौम राष्ट्र भएकोले कुनै कुरामा पनि दखल नदिने तर, सहयोग मागेको क्षेत्रमा सघाउन भारत तत्पर रहेको स्वराजले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?