+
+
Shares

मानसिंहले जिते वेस्टर्न यूनियनको १० हजार पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १३ गते १०:४५

१३ साउन काठमाडौं । वेस्टर्न युनियनको पैसा दोब्बर योजना अन्तर्गत बैतडीका मानसिंह बोहरा छैठौँ हप्ताको विजेता भएका छन् । बोहराले १० हजार रुपैयाँ Western-Unionजितेका छन् । यसैसाता बोहराले मलेसियाबाट पठाइएको रकम प्राप्त गरेका थिए ।

हरेक हप्ता वेस्टर्न युनियन एमटीसीएन कोडबाट लक्की ड्र गरिन्छ र वेस्टर्न युनियनको ग्राहकहरुलाई आफुले पाएको रकम बराबरकै रकम दोब्बर गर्ने अवसर दिइन्छ । जसमा अधिकतम १० हजार रुपैयाँ वा आफुले पाएको रकम बराबरको रकममध्ये जुन कम हुन्छ त्यही उपहारमा पाइनेछ ।

वेस्टर्न युनियनले आफ्नो २० औं वाषिर्क उत्सवको अवसरमा ग्राहकहरुका लागि पैसा डबल योजना ल्याएको थियो । वेस्टर्न युनियनले, ग्राहकले आफुले पाएको रकम बरबरकै रकम दोब्बर गर्ने सक्ने विशेष साप्ताहिक प्रर्वद्धन योजना प्रस्तुत गरेको छ । २० हप्ते प्रर्वद्धन योजनाको अवधिभरि १० लाख रुपैयाँ सम्मको कुल २० वटा पुरस्कार जित्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?