१४ साउन, काठमाडौं । कोरियन स्मार्टफोन निर्माता कम्पनी सामसुङको ‘ग्यालेक्सी कोर टु’ नेपाली बजारमा भित्रिएको छ । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमसले उक्त स्मार्टफोन बजारमा भित्राएको हो ।
नेपाली बजारमा ‘कोर टु’ को मूल्य १७ हजार ९ सय रुपैयाँ तोकिएको छ । उच्च क्षमताको स्मार्टफोन सुलभ मूल्यमा पाइने हुँदा ‘कोर टु’ ले मध्यमवर्गीय नेपाली उभोक्ताहरु आकषिर्त गर्ने कम्पनीले अपेक्षा राखेको छ ।
यसमा १.२ गीगाहर्ज क्वार्ड कोर प्रोसेसर रहेको छ । साथै, यसमा ४ जीबी आन्तरिक मेमोरी, ७६८ एमबी र्याम भएका कारण उच्च क्षमताका गेमहरु पनि सहज रुपमा खेल्न सकिने कम्पनीको दाबी छ ।
दुईवटा सीम प्रयोग गर्न मिल्ने यस स्मार्टफोनमा मल्टीटास्किङ सुविधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
४.५ इन्चको टच डिस्प्ले भएका कारण ‘कोर टु’ मा इन्टरनेट चलाउन, गेम खेल्न, फोटो तथा भिडियो हेर्नसमेत मज्जा आउने छ । यसमा २००० एमएएच क्षमताको ब्याटि्र प्रयोग गरिएको छ ।
‘कोर टु’ लेड फ्लाससहितको ५ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । जुन कारण कम प्रकाश भएको ठाउँमा पनि गुणस्तरिय फोटो खिच्न सकिने बताइएको छ । यसको अगाडीको भागमा ०.३ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ ।
नेपाली बजारमा यो स्मार्टफोन कालो र सेतो रङमा उपलब्ध रहेको छ । यसमा वाईफाई, वाईफाई डाइरेक्ट, वाईफाई हटस्पट लगायतका सुविधाहरु समेत रहेका छन् ।
प्रतिक्रिया 4