+
+
Shares

सुनको भाउमा सामान्य गिरावट, तोलाको कति ?

गत शुक्रबार प्रतितोला १ हजार ४ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार थप ३ सय रुपैयाँ घटेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते ११:४७

२८ वैशाख, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउमा सामान्य गिरावट आएको छ । गत शुक्रबार प्रतितोला १ हजार ४ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार थप ३ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुनको भाउ तोलाको १ लाख ९० हजार ५ सय रुपैयाँ कायम छ । शुक्रबार सुन तोलाको १ लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । चाँदी शुक्रबार तोलामा १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो । आज भने प्रतितोला १ हजार ९ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?