+

एसियाडका लागि २० गतेदेखि बन्द प्रशिक्षण

२०७१ साउन  १५ गते २१:१७ २०७१ साउन १५ गते २१:१७
एसियाडका लागि २० गतेदेखि बन्द प्रशिक्षण

१५ साउन, काठमाडौं । १७औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) तयारीका लागि साउन २० गतेदेखि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव युवराज लामाले खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्न विभिन्न खेलका सङ्घलाई बोलाइ जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए ।

आफु र खेलकुदमन्त्री पुरुषोत्तम पौडेलवीचको द्वन्द्वलाई मन्त्री पौडेलले नै समाप्त गरेको भन्दै उनले एसियाड प्रतियोगिता तयारी समिति खारेज भएको बताए । यसअघि मन्त्री पौडेल र सदस्य सचिव लामाबीच कुरा नमिलेपछि दुबैले एसियाडको लागि छुट्टाछुट्टै तयारी समिति गठन गरेका थिए ।

खेलकुद मन्त्रालयले बन्द प्रशिक्षणको लागि व्यवस्थापन कार्यमा समस्या आएमा मन्त्रालयसँग समन्वय गर्न, आवश्यक रकमसम्बन्धित सङ्घसंस्थालाई उपलब्ध गराउने, प्रशिक्षणको लागि चाहिने बजेट परिषद्को आन्तरिक स्रोत वा अन्य श्रोतबाट व्यवस्थापन गर्नलगायतको निर्देशन आफूलाई दिइएको सदस्यसचिव लामाले बताए ।

पत्रकार सम्मेलनमा धब्रबहादुर प्रधान अध्यक्ष रहेको अन्तरराष्ट्रिय ओलम्पिक कमिटीसँग आधिकारिक काम नगर्न राष्ट्रिय खेलकुद परिषद्लाई सर्वोच्च अदालतले ताकेता पत्रसमेत पठाएको जानकारी दिइयो ।

सर्वोच्च अदालतले रुक्मशम्सेर राणा अध्यक्ष रहनुभएको ओलम्पिक कमिटी आधिकारिक भएकोले त्यसलाई नै कार्यान्वयनमा ल्याउन राखेपलाई आदेश दिएको छ । सर्वोच्चको फैसलालाई राखेपले कार्यान्वयन नगरेको भन्दै यसबारेमा विस्तृत विवरण माग्दै राखेपलाई ताकेतापत्र पठाएको हो । अदालतले २०५६ असार १० गते अध्यक्ष राणाको पक्षमा फैसला गरेको थियो ।

सदस्य सचिव लामाले अदालतको फैसलालाई आफूले अक्षरस पालना गर्ने भन्दै खेलकुदमन्त्री स्वदेश फर्किएपछि बोर्ड बैठकबाट त्यसबारेमा ठोस निर्णय लिने बताए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय