Comments Add Comment

टि्वटरका प्रयोगकर्ता २७ करोड नाघे

twitterमाइक्रो ब्लगिङ साइट टि्वटरका प्रयोगकर्ताको संख्यामा उल्लेखनीय वृद्धि भएको छ ।  २०१४ को दोश्रो त्रैमासिकमा टि्वटरका मासिक सक्रिय प्रयोगकर्ताको संख्यामा आशा गरिएभन्दा बढि अर्थात् २४ प्रतिशतले वृद्धि भएको हो ।
प्रयोगकर्ताको संख्यामा निरन्तर आइरहेको कमीलाई उल्ट्याउने संघर्षमा रहेको टि्वटरले प्रयोगकर्ताको संख्या २७ करोड १० लाख पूराउन सफल भएको हो, यद्यपि यो प्रतिस्पर्धी फेसबुकका प्रयोगकर्ताको संख्याभन्दा निकै कम हो । फेसबुकका प्रयोगकर्ताको संख्या १ अर्ब ३० करोड छ । टि्वटरका प्रयोगकर्ताको संख्या मात्र नभएर टि्वटर प्रयोगकर्ताले टि्वटरमा बिताउने समय अर्थात् टाइमलाइन भ्यूजमा पनि १५ प्रतिशतले वृद्धि भएको छ ।
प्रयोगकर्ताको संख्यामा भएको वृृद्धिजस्तै टि्वटरले आफ्नो राजश्व संकलनमा पनि भारी वृद्धि गरेको छ । आफ्नो त्रैमासिक राजस्वमा १२४ प्रतिशतले वृद्धि गर्दै टि्वटरले राजश्व संकलनलाई ३१ करोड २० लाख अमेरिकी डलर पूराएको छ । कम्पनीको नाफा तथा प्रयोगकर्ताको संख्या बढेको रिपोर्ट सार्वजनिक भए लगत्तै टि्वटरको शेयर मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको छ । टि्वटरको प्रति शेयर मूल्यमा यो हप्ता २६ प्रतिशतले वृद्धि भई ४८ डलर नाघेको छ ।
टि्वटरले पनि फेसबुकले जस्तै आफुलाई मूलधारको इन्टरनेट प्लेटर्फमका रुपमा परिणत गर्न सक्ने नसक्ने विषयमा वाल स्टि्रटमा दुइमत छ । कतिपयले यसको प्रयोगकर्ताको संख्याले मात्र टि्वटरमा संलग्नतालाई नदर्शाउने बताउँछन् भने कतिपयले टि्वटरको आफ्नै जटिल संरचनाका कारण यसलाई सर्वसाधारणले व्यापक रुपमा अपनाउन नसकेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment