+
+
Shares

सुनकोसी बाढी प्रभावित क्षेत्रमा एनसेलको वोनस व्यालेन्स

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १८ गते १०:५५

१८ साउन, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सुनकोसीको बाढीबाट प्रभावित दोलालघाट, बाÅविसे, खाँडिचौर, सुकुटे तथा लामोसाँगु क्षेत्रका ग्राहकलाई आपतकालीन सञ्चारमा सहयोग पुर्‍याउन सय रुपैयाँ बोनस प्रदान गरेको छ ।

Ncell-Towerभीषण पहिरो तथा सुनकोसीको बाढीले सिन्धुपाल्चोक जिल्लाका यी क्षेत्रमा धन-जनको क्षति गराएको छ । एनसेलको प्राकृतिक विपत्तिमा तत्काल सञ्चार राहत प्रदान गर्ने प्रयास अन्तर्गत प्रभावित क्षेत्रका आफ्ना ग्राहकलाई उक्त वोनस प्रदान गरेको हो ।

यो प्रयासले एनसेलका ग्राहकलाई उद्धार समूहसँग तथा परिवारसँग सम्पर्क गर्न सहयोग पुर्‍याउने कम्पनीले विश्वास लिएको छ । यस्ता आपतकालीन सञ्चारले क्षति तथा पिडा न्यूनिकरण गर्न योगदान पुर्‍याउँछन् ।

‘यस दुःखद घडीमा हामी यहाँको साथमा छौं । आपतकालीन परिस्थितिमा सञ्चारको भूमिका झनै महत्वपूर्ण हुने हुँदा हाम्रा ग्राहकले अत्यावश्यक सेवा प्रदायक तथा परिवारजनसँग रिचार्ज कार्डको चिन्ता नलिई कुरा गर्न सकुन् भनेर सय रुपैयाँ वोनस व्यालेन्स प्रदान गरेका छौं’ एनसेलकी कर्पोरेट कम्यूनिकेशन्स निर्देशक सञ्जु कोइरालाले भनिन् ।

उक्त वोनस एनसेलको कुनै पनि नम्बरमा फोन गर्न प्रयोग गर्न सकिन्छ । वोनसको अवधि एक हप्ता रहने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?