Comments Add Comment

पशुपतिमा शिर झुकाउन सवा अर्ब भारतीय पर्यटक आउनेछन् : मोदी

modi-in-ca
१८ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साहसिक पर्यटनका लागि नेपाल विश्वमै उत्कृष्ट मुलुक रहेको बताएका छन् । आइतबार व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै मोदीले नेपालमा साहसिक पर्यटनको ठूलो सम्भावना भएको बताएका हुन् ।

‘हाइ एडभेञ्चर टुरिजमका लागि हिमालय भन्दा उत्कृष्ट ठाउँ कुन हुन सक्छ ?’ सम्बोधनमा मोदीले भने । उनले हिमालय क्षेत्रको खुलेर चर्चा गर्दै साहसिक पर्यटन विकासमा लाग्न नेपाललाई सुझाव दिएका छन् ।

नेपाल विश्वकै शुन्दर मुलुक भएको उल्लेख गर्दै मोदीले यहाँ प्रशस्त पर्यटकीय सम्भावना भएको बताएका छन् । साहसिक, धार्मिक, सांस्कृतिक तथा प्रकृतिमा रमाउन चाहने पर्यटकहरु नेपालमा आकषिर्त गर्न सकिन्छ ।

‘भारतमा रहेका सवा सय करोड जनता कुनै न कुनै समय पशुपतिनाथ मन्दिरमा आएर आफ्नो शीर झुकाउन चाहान्छन्, तिनै जनता बुद्धको जन्मभूमि कपिलवस्तुमा आएर शान्तिको सन्देश लैजान चाहान्छन्’ मोदीले भने- ‘धार्मिक पर्यटकीय सम्भावना बोकेको नेपालले यसबाट लाभ लिन सक्नुपर्छ ।’

त्यसो त मोदीले पशुपतिनाथ मन्दिरमा गर्न लागेको विशेष पुजाका कारण यहाँको भारतलगायतका विभिन्न मुलुकहरुमा व्यापक प्रचार भएको छ । भारतीय मिडियासहित बीबीसी, सिएनएनजस्ता अन्तर्राष्ट्रिय मिडियाहरुले समेत चासोका साथ मोदीले पशुपतिमा गर्न लागेको पूजाको प्रशारण गरिरहेका छन् । जसले गर्दा पशुपतिनाथको महत्व संसारभर फैलिएको छ ।

मोदीले बुद्ध नेपालमा जन्मिएको स्पष्ट पार्दै सार्क शिखर सम्मेलनमा भाग लिन नेपाल आएको बेलामा लुम्बिनी पुग्ने घोषणा समेत गरेका छन् । मोदीको यो घोषणाले लुम्बिनीमा बुद्धिष्ट पर्यटक बढाउन सहयोग पुग्ने विश्वास पर्यटन व्यवसायीले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment