Comments Add Comment

जनउत्तरदायी कार्यक्रम ल्याउन चौधरीको मोदीलाई सुझाव

Narendra-modi

१८ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली उद्योगपति विनोद चौधरीबीच भेटवार्ता भएको छ । राजधानीको बौद्धस्थित हायत होटलमा चौधरीले मोदीसँग भेट गरेका हुन् ।

चौधरी ग्रुपको अध्यक्ष रहेका विनोद चौधरीले भेटको अवसरमा दुई देशको आर्थिक विकासको खास उद्देेेश्य प्राप्त गर्नका लागि जनउत्तरदायी कार्यक्रम ल्याउन मोदीलाई सुझाव दिएका छन् ।

सोही अवसरमा मोदी र चौधरीले हायात होटलमा जीत बहादूर सारुलाई उनको परिवारसँग पुनर्मिलन गराएका थिए । चौधरीको विशेष पहलमा परिवारबाट विछोडिएका सारु परिवारको सम्पर्कमा आएका हुन् । हाल उनी मोदीको विशेष रेखदेखमा गुजरातमा उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment