Comments Add Comment

‘तिम्रो आँखामा’ले चुलिएका अर्जुन

arjun-pokhrel
गीतसंगीतले सिनेमा चल्छ भन्ने पुष्टी धेरै पटक नेपाली सिने बजारमा भएको छ । गतबर्ष प्रदर्शनमा आएको चलचित्र ‘नाई नभन्नु ल २’ पनि गीतकै कारणले चलेको सबैलाई थाहा छ ।
नेपाली सिने बजारमा संगीतकार अर्जुन पोख्रेलको चर्चा यतिबेला चुलिएको छ । कारण, उनले संगीत भरेको चलचित्र ‘स्टूपिड मन’को गीत चर्चामा रहेको छ ।
‘तिम्रो आखामा आशु हेरी हाँस्ने दिन नआओस्’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । सिनेमा चलाउने दरिलो आधार पनि यही गीत हुने छनक देखिएको छ । गीत हिट भएपछि अर्जुन पनि खुशी देखिएका छन् ।

नेपाली सिनेमाको संगीतमा अहिले निक्कै व्यस्त देखिएका अर्जुनलाई यो गीतले फेरि शिखरमा पुर्‍याइदिएको छ । चलचित्र ‘विन्दास २’ मा समावेश ‘सुन्छु तिमीले मलाई’ बोलको गीत हिट भएलगतै अर्जुनले अर्को सफल कोशेली दर्शक तथा श्रोतालाई दिएका हुन् ।

आफूले यतिबेला सुफी गीतहरुलाई बढि बजारमा पुर्‍याएको अर्जुनको भनाई छ । उनले चलचित्रका गीतहरु चर्चामा रहँदा खुशी लाग्ने बताए । दिवाकर भट्टराइको निर्देशनमा बनेको यो चलचित्र भदौ २० गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment