Comments Add Comment

नवलपरासी सहायता समाज बेल्जियमले सुनकोशी पहिरो पीडितलाई ५० हजार रूपैयाँ सहयोग गर्ने

– डिल्ली राम अंमाई

बेल्जियम। नवलपरासी सहायता समाज बेल्जियमले सिन्धुपल्चोकको  सुनकोशी पहिरो पीडितहरूलार्इ ५० हजार रूपैयाँ सहयोग गर्ने भएको छ । साथै समाजले पहिरो खसेर सुनकोशी नदी थुनिँदा भएको मानविय तथा धनजनको क्षतिप्रति गहिरो दु:ख ब्यक्त गरेको छ ।

समाजको आयोजनामा आन्त्वेर्पन्को नर्थ पार्कमा  आइतवार  बेल्जियममा आई स्थायी तथा अस्थायी बसोबास गरेका नेपालीहरुवीच भएको परोपकारी बार बि क्यु कार्यक्रममा पहिरो पीडितलार्इ ५० हजार सहयोग गर्ने घोषणा गरिएको हो । कार्यक्रममा यहाँका सम्पूर्ण संघसंस्थाहरुलाई सार्वजनिक सुचना मार्फत औपचारिक निमन्त्रणा गरिएको थियो ।

तर भावनात्मक रुपमा एकवद्धता जनाउन सबै नेपाली संघ संस्थाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए। यस्तै बिङगो चिट्ठा कार्यक्रमको प्रथम पुरस्कार पुषकर बुढाले पाएका थिए भने दोस्रो पुरस्कार बिमल घलेले प्राप्त गरे ।

संस्थाका अध्यक्ष रमेश सापकोटा र  महासचिव हरि सापकोटाले समाजको तर्फबाट सहभागी सम्पूर्ण संघ सस्था तथा शुभचिन्तकहरुमा उपस्थित सबैलाई हार्दिक धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment