Comments Add Comment

मोबाइलमा फेसबुक च्याट गर्न मेसेन्जर डाउनलोड गर्नैपर्ने

Facebook-Messengerआफ्नो आइफोन तथा एन्ड्रोइड फोन मार्फत मज्जाले फेसबुक च्याट गरिरहनु भएको छ ? तर अब भने मोबाइलको विद्यमान एप मार्फत फेसबुक च्याट गर्न नपाइने भएको छ ।
समाचार अनुसार फेसबुकले आफ्नो मोबाइल फोन प्रयोगकर्ताका लागि फेसबुक च्याटका लागि म्यासेन्जर एप डाउनलोड अनिवार्य गर्ने भएको छ ।
गएको अपि्रलमा युरोपबाट यस्तो प्रयोग सुरु गरेर हौसिएको फेसबुकले अबका केही हप्तामा विश्वव्यापी रुपमै म्यासेन्जर एपलाई अनिवार्य बनाउन लागेको हो ।
फेसबुकमा अहिले गरिने च्याट भन्दा मेसेन्जर एपमार्फत हुने च्याटमा छिटो छिटो सन्देश प्रवाह हुने दाबी गरिएको छ, जसबाट प्रयोगकर्ताले छोटो समयमै प्रसस्त सन्देस आदान प्रदान गर्न पाउनेछन् ।
तर मोबाइल वेब, आइप्याड, फिचर फोन, विन्डोज फोन, तथा डेक्सटप कम्प्युटर प्रयोगकर्ताले भने फेसबुकको विद्यमान एपबाटै च्याट गर्न सक्नेछन् ।
स्मार्टफोनको फेसबुक एपमा रहेको म्यासेज ट्याबबाटै अहिलेसम्म अधिकांस आइफोन र एन्ड्रोइड फोन प्रयोगकर्ताले च्याट गर्ने गरेका छन् । यसमा डाउनलोड म्यासेन्जर भन्ने अप्सन समेत हुन्छ जसले म्यासेज ट्याबलाई नोटिफिकेसन केन्द्र तथा सर्टकटको रुपमा बदल्नेछ र त्यसलाई ट्याप गरेर म्यासेन्जरमा जान सकिन्छ ।
अब आइफोन तथा एन्ड्रोइड प्रयोगकर्ताले आफ्नो स्मार्टफोन एपमा मेसेन्जर डाउनलोड गर्ने सम्बन्धि एक नयाँ सूचना प्राप्त गर्न सक्छन् मुख्य एपमा च्याट बन्द हुने बित्तिकै ।
फेसबुकले यस्तो परिवर्तनले प्रभाव पार्ने आफ्ना प्रयोगकर्तालाई सूचित गरि इमेल समेत पठाउनेछ ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment