Comments Add Comment

राष्ट्रिय सहकारी संघको अध्यक्षमा बडाल र वास्कोटाबीच प्रतिस्पर्धा हुने

keshav-badal-and-dipak-baskota-final

२२ साउन काठमाडौं । सहकारी संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी संघको आगामी पााच वर्षे कार्यकालका लागि बिहीबार र शुक्रबार हुने निर्वाचनमा वर्तमान अध्यक्ष केशब बडाल र निवर्तामान अध्यक्ष दिपकप्रकाश वास्कोटाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

संघका सञ्चालक मिनराज कंडेल, डिल्लीराम तिवारी र रविन्द्र केसीले पनि उम्मेद्धारी दिने चर्चा भएपनि अन्तिम समयमा बडाल र वास्कोटाबीच नै प्रतिस्पर्धा हुने सम्बद्ध अधिकारीहरु बताउाछन् ।

बडाल एमाले निकट हुन भने वास्कोटा कांग्रेस निकट हुन । संघको निर्वाचनमा एमाओवादीको मत निर्णयक हुने देखिएको छ । बुधबार सहमतिमा नेतृत्व चयन गर्ने विषयमा छलफल भएपनि सहमति जुट्न नसक्दा निर्वाचन हुने देखिएको छ । दुवै पक्षले आफ्नो नाममा सहमति खोज्ने कार्य जारी नै रहने बताएका छन् ।

दुइदिन अघि राजधानीमा भएको एक कार्यक्रममा बडाल र बास्कोटाले अध्यक्ष पदका लागि उम्मेद्धारी घोषणा गरेका थिए । एमाओवादी निकट रविन्द्र केसी पनि आफ्नो नाममा लविङ सुरु गरेका छन् । उनले बडाल वा बास्कोटासाग मिलेर प्यानल बनाउन पहल गरिरहेको स्रोतले बतायो ।

संघको निर्वाचनमा जिल्ला र केन्द्रीय संघ सदस्य रहने राष्ट्रिय संघमा ३ सय १३ प्रतिनिधिलाई मतदानको अधिकार छ । मतदाताले अध्यक्षसहित २३ जना सञ्चालक र ३  स्थायी लेखा समिति चयन गर्नेछन् ।

संघमा राजनीतिकरण भएको भन्दै केही सहकारीकर्मीहरुले चर्को आलोचनासमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment