+
+

लिम्बुवानको बन्दले पूर्वको जनजीवन प्रभावित

२२ साउन, धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषदले आवाहृान गरेको बन्दका कारण आज धनकुटासहित पुर्वी नेपालको जनजीबन प्रभाबित बनेको छ ।
पृथ्वी नारायण शाहले एकिकरण गरेर लिम्बुवान राज्य खोसेको बिरोधमा हरेक बर्ष साउन २२ गते अर्थात आजको

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २२ गते ११:३३

सन्तोष रुचाल
२२ साउन, धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषदले आवाहृान गरेको बन्दका कारण आज धनकुटासहित पुर्वी नेपालको जनजीबन प्रभाबित बनेको छ ।
पृथ्वी नारायण शाहले एकिकरण गरेर लिम्बुवान राज्य खोसेको बिरोधमा हरेक बर्ष साउन २२ गते अर्थात आजको दिनलाई ‘कालो दिन’ को रुपमा अरुण पुर्वका ९ जिल्लामा बन्द आवाहृान गरिदै आएको छ । परिषदले धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ्ग, पाँचथर, ईलाम, सुनसरी, मोरङ र झापामा बन्द आवहृान गरेको हो । बन्दका कारण पुर्व क्षेत्रमा आज बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् । तराई हुँदै पुर्वी पहाडी जिल्ला जोड्ने कोशी राजमार्ग तथा नारदुमनी थुलुङ लोकमार्गको धरान धनकुटा हुदै चल्ने पाख्रिवास, लेगुवा, भोजपुर, सिधुवाबजार, बसन्तपुर, मुढेशनिश्चरे, तेह्रथुम लगायतका स्थानहरुमा पनि बिहानैदेखि यातायात ठप्प रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
एम्बुलेन्स, प्रेस, लगायत आकस्मिक प्रयोजनका सवारी साधन भने सञ्चालनमा छन । बजार पसल, शिक्षण सस्था, उद्योग धन्दा लगायतमा पनि बन्दको प्रभाव परेको छ । बन्दका कारण सर्वसाधरण मारमा परेका छन् । बन्दको पुर्व जानकारी नपाएका कारण पहाडी जिल्लाबाट तराईका विभिन्न स्थानहरुमा हिडेका यात्रुहरु धनकुटाको लेगुवा, पाखि्रवास, धनकुटा बसपार्कमा अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?