Comments Add Comment

स्विडेनमा नेपाली जनसम्पर्क समिति गठन 

स्टकहोम । राष्ट्रियता, प्रजातन्त्र र समाजबाद नेपाली कांग्रेसको प्रमुख नारामा गोलबद्ध भई स्वीडेनको विभिन्न शहरमा छरिएर रहेका नेपाली कांग्रेसमा क्रियासिल काँग्रेस प्रेमीहरुको ऐतिहासिक भेलाले नबिन थपलियाको संयोजकत्वमा जनसम्पर्क समिति स्वीडेन गठन गरेको छ ।

ज्ञात-अज्ञात सहिदहरु प्रति १ मिनेट मौन धारणपछि सुरु गरिएको उक्त कार्यक्रममा भुपाल बास्तोलाको सभापतित्व सम्पन्न भएको थियो  । स्टकहोल्मको रिन्केबीमा आइतवार बसेको भेलाले थपलियाको संयोजकत्वमा १५ सदस्य कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।  जसको सह -संयोजकमा मौसम लिङ्ग्देन रहनु भएको छ भने सदस्यहरुमा तेजप्रसाद बाराकोटी, रोहित क्षेत्री, सुमन मगर, बिमल कुमार कार्की, लक्ष्मी भट्टराई, कृति के.सी., प्रमोद अर्याल, भुपाल बास्तोला, केशब प्याकुरेल, बद्रि पौडेल, नबराज रेग्मी, राजकुमार ओमसन र शिब कुमार चौलागाई चयन भएका छन् ।

आगामी बैठकहरुमा आवश्यकता अनुसार महामन्त्री, सचिब तथा कोषाध्यक्षको निर्वाचन उक्त १५ सदस्यीय कार्यसमितिका सदस्यहरुबाटै गर्ने निर्णय गरेको छ । नब गठित नेपाली जनसम्पर्क समिति स्वीडेनका संयोजक थपलियाले उपस्थित सबै महानुभाबहरुलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्नुका साथै नेपाली काँग्रेसको मुल मर्मलाई आत्मसात गर्दै संगठन विकास र बिस्तार गर्दै अगाडि बढने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । थपलिया एन आर एन स्विडेनका  निबर्तमान अध्यक्ष  हुनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment